२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट

Nada
२०८१ माघ २४ गते १६:५५
Shares
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६४ अंकले घटेर दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो ।

ncell

आज तीन सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता शेयर ९२ हजार तीन सय २६ पटक खरिदबिक्री हुँदा नौ अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७  दशमलव २७ को कारोबार भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६० को घटेको छ भने नौ कम्पनी स्थिर छन् ।

फाइनान्स एक दशमलव ५८ प्रतिशतले बढ्दा अन्य सबै परिसूचक घटेका छन् । आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, उपकार लघुवित्त वित्तिय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

ताजा खबर

सम्बन्धित खबर