२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

डुबान क्षेत्रमा उच्च आवासगृह निर्माण

ADV
मध्यान्ह
२०८१ असार १४ गते १०:२७
डुबान क्षेत्रमा उच्च आवासगृह निर्माण

 कन्चनपुर  : जिल्लाको भजनी नगरपालिका–३ का विष्णु चौधरीलाई बर्सेनि बाढी र डुबानका कारण विस्थापित भएर हुलाकी सडकमा आश्रय लिनुपर्ने बाध्यता छ । बर्खा सुरु भएपछि विष्णुजस्ता सयौँ परिवारका लागि  बाढी र डुबानबाट विस्थापित भएर सडकमा आश्रय लिनु बाध्यता हो । पटकपटक बाढीको जोखिमबाट छुटकाराका लागि हारगुहार गरिरहेका विष्णुलाई यस वर्ष हुलाकी सडक छेउमा निर्माण भएको उच्च आवासगृहले आशा जगाएको छ । 

संघीय सहरी तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले छ वर्ष पहिलेदेखि  भजनी क्षेत्रमा उच्च आवासगृह निर्माणका लागि बजेट विनियोजन हुने तर जग्गा प्राप्तिमा समस्या भएपछि त्यो फिर्ता हुँदा जोखिममा परेका नागरिक निराश थिए ।

धुसीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले नगरपालिकामार्फत उच्च आवासगृहका लागि जग्गा उपलब्ध गराएपछि भवन निर्माणको काम शुरू भएसँगै स्थानीय खुसी भएका छन् । 

संघीय सहरी तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइमार्फत रु एक करोड ६६ लाखको लागतमा भवन निर्माणाधीन छ ।
 जिल्लाका अन्य स्थानमा पनि यस्तै बनेका छन् । त्यसैअन्तर्गत भजनीमा सो भवन निर्माण हुन लागेको हो”, कार्यान्वयन एकाइका इन्जिनियर मोहन अवस्थीले भने, “यस्तै अर्को भवन कञ्चनपुरको बेलडाँडीमा पनि निर्माण भइरहेको छ ।” भवन सञ्चालनमा आएपछि प्रभावितलाई राहत हुनेछ । 

उनका अनुसार चालु आवमा सबै काम नसकिए पनि बस्न सक्ने स्थितिको भवनको काम हुनेछ । “सबै काम यस वर्ष सकिँदैन, बाँकी अर्को वर्ष सक्नेगरी पुनः रु एक करोड ५० लाख बजेट आएको छ”, उने भन्छन् , “त्यसभन्दा पछि आवश्यकतानुसार दुई तलासम्म स्थानीय सरकारले आफ्नो स्रोतबाट थप गर्न सक्नेगरी डिजाइन बनाइदिएका छौँ ।” भवनको ८० प्रतिशत काम पूरा भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise