२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गुठीचौर गाउँपालिका–४ बालविवाह मुक्त वडा घोषणा

ADV
दिलमाया शाही
२०८१ असार १४ गते २०:५२
गुठीचौर गाउँपालिका–४ बालविवाह मुक्त वडा घोषणा

जुम्ला : गुठीचौर गाउँपालिका–४ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । ‘बाल विवाह न्यूनीकरणमा आबद्धता, बालमैत्री गुठीचौर बनाउने हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ बालविवाह मुक्त वडा घोषणा गरिएको हो । २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको वडाध्यक्ष टिका दत्त न्यौपाले बताए । 

उनले भने, ‘उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकारात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउने छांै । सानो उमेरमा गरिने विवाहले प्रजनन् स्वास्थ्यमा असर परेको भन्दै यस्ता कार्यक्रम सञ्चालन गरिएको हो ।’ 

त्यस्तै ४ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको गुठीचौर गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाले बताइन् । उनले बालविवाहलाई कानूनले अपराध मानेको छ । तर हाम्रो समाजमा बालविवाह भइरहेका छन् । यसलाई न्यूनीकरण गर्नका लागि साझेदार संस्था किडार्क नेपाल  र वल्र्डभिजन लगायतको सहयोगमा बालविवाह घोषणा गरिएको छ । 

त्यस्तै पालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने लक्ष्य लिइएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए । उनले बालविवाह मुक्त अभियानमा स्थानीय र संस्थाले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए । 

उनले यदि आगामी दिनमा यस वडामा बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र ताकेको दण्ड पनि गर्ने बताए । उनले यस अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने छ  । 

त्यस्तै  समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बालविवाह मुक्त गर्नु राम्रो पक्ष रहेको बताए ।   कोही कसैले बालविवाह गरेको खण्डमा सरकारले दिने सेवा सुविधा रोक्नुपर्ने उनले बताए । बालविवाह बहृविवाह जस्ता कुरिती हटाउनका लागी सबैको दायित्व हुने उनले बताए । 

त्यस्तै गुठीचौर एकका वडाध्यक्ष तथा पालिकाका प्रवक्ता अर्जुन महताराले बालविवाह मुक्त वडा घोषणा गरिएको सबैलाई आभार व्यक्त गरे । उनले यो कार्याक्रम औपचारिता निभाउनका लागि नभइ व्यवहारमा लागु गर्न अनुरोध गरे । 

त्यस्तै बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको गाउँपालिकाले दाबी गरेको छ । धार्मिक मान्यताको रुपमा हुँदै आएको बालविवाहलाई अपराध वा घटनाको रुपमा बुझ्न वर्तमान समयको माग भएको सामाजिक अभियान्ता तथा अधिकारकर्मीहरुले बताएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise