२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन कतारमा हुँदै

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ फागुन ४ गते २०:४०
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन कतारमा हुँदै

दोहा, कतार : सर्वाधिक धनराशि १-१ करोड रुपैयाँ पुरस्कार भएको विश्वस्तरीय नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को अडिसन कतारमा हुँदैछ । इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको शो को दोस्रो संस्करणको अडिसन यही फेब्रुअरी २१ मा कतारमा हुन लागेको हो । अमेरिकाबाट सुरु भएको उक्त रियालिटी शो को अडिसन हाल कतारमा गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

कतारमा पहिलो पटक हुन लागेको अडिसनका लागि हालसम्म ५० जना प्रतियोगीले आवेदन दिएको कार्यक्रम संयोजक शिवराम ढकालले जानकारी दिए । दोहाको अबुहामुरमा अवस्थित आइडीयल इन्डियन स्कुलको सभा हलमा बिहान ११ बजेबाट  हुने अडिसनको तयारी अन्तिम चरणमा पुगेको ढकालले बताए । अडिसनका लागि निर्णायक भूमिकामा चर्चित कोरियोग्राफर तथा नृत्य निर्देशक शङ्कर वि.सी र गायक डम्बर नेपाली आउने भएका छन् । कतारमा रहेका कलाकारहरूले फारम भरेर ३०८४८३०३ नम्बरको ह्वाट्सपमा पठाउन सकिने व्यवस्था मिलाइएको छ।

विश्वभरबाट अडिसनमा छनौट हुने गायन तर्फका एक सय २० प्रतिभा र नृत्य तर्फका एक सय २० गरी कुल दुई सय ४० जना प्रतियोगीलाई फाउन्डेसनले अर्को चरणका लागि काठमाण्डौं लैजाने छ । नेपाल बाहिरको अडिसनमा भाग लिनका लागि १८ वर्ष उमेर पुगेको नेपाली मूलका नेपाली भाषी हुनुपर्ने र नेपालमा हुने अडिसनमा भाग लिनका लागि १६ वर्ष उमेर पुगेको हुनुपर्ने शो को नियम रहेको छ ।

विश्वभर छरिएर रहेका नेपाली प्रतिभाका कलाकारहरूबिच प्रतिस्पर्धा गराइने दुवै शोका विजेताले एक-एक करोड, उपविजेताले २५-२५ लाख र तेस्रो हुनेले १०-१० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि काठमाडौँमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा रहनु हुनेछ । यसै गरी मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकहरूमा कलाकार मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफरहरु शङ्कर बिसी, कविराज गहतराज र किरण थापा रहने फाउन्डेसनले जनाएको छ ।

विश्वभर छरिएर रहेका नेपाली समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरूको पहिचान गर्न र नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने अभियानका साथ विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी शो को आयोजना गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले सन् २०२३ मा दुवै रियालिटी शो को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो ।


ADV

सम्बन्धित खबर

Advertise