
काठमाडौं : नेपाली चलचित्र ‘गौंथली’का निर्देशक डा. कपिल रिजालले फ्रान्सको रेड मुभी अवार्ड २०२६ अन्तर्गत अटम इडिसनमा बेस्ट डाइरेक्टर विधामा अवार्ड जितेका छन् ।
रेड मुभी अवार्डको आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम विजेता सूचीअनुसार डा. रिजाल उक्त विधामा विजेता घोषित भएका हुन् । उनको यो उपलब्धिले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा नेपाली चलचित्रको पहिचान थप उचो बनाएको छ ।
यस सफलताले निर्देशक रिजालको सिर्जनात्मक यात्रा र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यस अवसरमा ‘गौंथली’लाई माया, विश्वास र साथ दिने सम्पूर्ण दर्शक, शुभचिन्तक, आफन्त तथा चलचित्रप्रेमीप्रति आभार व्यक्त गरिएको छ ।
आफ्ना मामाको सफलताप्रति खुसी व्यक्त गर्दै परिवारका सदस्य तथा शुभचिन्तकहरूले डा. रिजाललाई बधाई दिँदै आगामी दिनमा अझ ठुला सफलता हासिल गर्न शुभकामना दिएका छन् ।