२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

थानेश्वर गौतमले ल्याए दसैं गीत ‘छुट्टी लिएको थिएँ आमा दसैं मनाउनलाई’ (भिडियोसहित)

Nada
२०८३ असोज २६ गते २१:१२
Shares
थानेश्वर गौतमले ल्याए दसैं गीत ‘छुट्टी लिएको थिएँ आमा दसैं मनाउनलाई’ (भिडियोसहित)

काठमाडौं : गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर र संगीतमा रहेको नयाँ दसैं गीत ‘छुट्टी लिएको थिएँ आमा दसैं मनाउनलाई’ सार्वजनिक भएको छ । गौतमको आधिकारिक युट्युब च्यानल ‘थानेश्वर गौतम अफिसियल’ मार्फत गीत सार्वजनिक गरिएको हो ।

ncell

गीतमा सूर्य बुढाथोकीको शब्द र नारायण दंगालको संगीत संयोजन रहेको छ । मनोज परियारले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने गोपाल दयाल रेकर्डिस्टका रूपमा रहेका छन् । गीतमा भुवन गन्धर्वले तबला, ढोलक तथा मादल, यात्रीराज अधिकारीले भायोलिन र गोपाल देवले बाँसुरी बजाएका छन् । गीतको रेकर्डिङ म्युजिक प्लस स्टुडियोमा गरिएको हो ।

‘छुट्टी लिएको थिएँ आमा दसैं मनाउनलाई’ शीर्षकले नै दसैंमा घर फर्किने चाहना र पारिवारिक आत्मीयतालाई संकेत गर्छ । दसैंलाई लक्षित गरी सार्वजनिक गरिएको यस गीतले चाडपर्वमा परिवारसँग भेटघाट गर्न चाहने तथा विभिन्न कारणले घरबाट टाढा रहेका नेपालीको भावनालाई समेटेको छ ।

गीतको भिडियोमा गायक थानेश्वर गौतमसँगै गीतकार सूर्य बुढाथोकी, भायोलिनवादक यात्रीराज अधिकारी, सन्देश अधिकारी, सुमित गौतम र निकुञ्ज गौतमको अभिनय तथा प्रस्तुति रहेको छ । भिडियोको छायांकन तथा सम्पादन रञ्जित श्रेष्ठले गरेका हुन् । यसको पोस्ट प्रोडक्सन काठमाडौंको कपनस्थित सिनेमापाङ्ग्रा फिल्म्सले गरेको हो ।

गीतको अडियो तथा भिडियो निर्माण जननी नेपालले गरेको हो । दसैंको अवसरलाई लक्षित गरी सार्वजनिक गरिएको गीतले नेपाली चाडपर्व, परिवार र घरप्रतिको आत्मीयतालाई संगीतमार्फत प्रस्तुत गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर