२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासंघको बोर्ड अफ डाइरेक्टरमा आरसी कोइराला निर्विरोध निर्वाचित

Nada
२०८३ असोज २१ गते १७:१०
Shares
अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासंघको बोर्ड अफ डाइरेक्टरमा आरसी कोइराला निर्विरोध निर्वाचित

काठमाडौं : अन्तर्राष्ट्रिय लोक संस्कृति तथा नृत्यको प्रतिष्ठित संस्था अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासंघको हालै दक्षिण कोरियाको चेओनन सहरमा सम्पन्न कार्यकारी समितिको बैठक तथा अधिवेशनबाट नेपालका आरसी कोइराला 'रामचन्द्र' पुनः बोर्ड अफ डाइरेक्टरमा निर्विरोध निर्वाचित भएका छन् ।

ncell

विश्वका ११२ राष्ट्रका १४२ जना प्रतिनिधि तथा पदाधिकारीहरूको सहभागिता रहेको सो महाधिवेशन तथा अधिवेशनमा भएको निर्वाचनबाट कोइराला चार वर्षे कार्यकालका लागि ३३ सदस्यीय कार्यकारी बोर्डमा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा विगत २६ वर्षदेखि नेपालमा निरन्तर हरेक दुई-दुई वर्षमा आयोजना हुँदै आएको नेपालको एकमात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका अध्यक्ष समेत रहेका कोइराला यसअघि पनि अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासंघको बोर्ड अफ डाइरेक्टर तथा एसियाली महाद्वीपका लागि उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

उनले नेपाली कला, संस्कृति, परम्परा र लोक नृत्यलाई विश्वसामु चिनाउन ८५ भन्दा बढी देशहरूमा नेपालको सांस्कृतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अतुलनीय योगदान पुर्‍याएका छन् ।

विश्व मञ्चमा नेपालको नाम पुनः उच्च राख्न सफल भएकोमा संस्कृतिविद्, कलाकार तथा विभिन्न संघ-संस्थाहरूले उनलाई बधाई दिएका छन् । कोइरालाको यस कार्यकालमा पनि नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा संरक्षण, सम्वर्धन तथा प्रवर्धन गर्न अझ ठुलो हौसला र प्रेरणा मिल्ने विश्वास लिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर