२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

शिक्षक अभाव झेल्दै हिमाली जनता मावि

draupadi film
कृष्ण तिवारी
२०८१ फागुन ४ गते २०:४८
शिक्षक अभाव झेल्दै हिमाली जनता मावि

रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा न.११ हिमालिवासस्थित श्री हिमाली जनता माध्यमिक विद्यालयले लामो समयदेखि शिक्षक अभाव झेल्दै आएको छ । २०२७ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि १२ सम्म करिब ६ सय ४० विद्यार्थी रहेका छन् । 

उक्त स्कुलमा माध्यमिक तहमा १ जना र निजी श्रोतबाट ६ जना गरी ७ जना शिक्षक शिक्षिका रहेका छन् । बाहिर कुनै आय श्रोत नभएको कारण निजी श्रोतबाट खटिरहेका शिक्षकलाई तलब भत्ता दिन धौँधौँ परेको विद्यालयका  प्रधानाध्यापक बुनिलाल यादवले बताए ।

नगरपालिकाबाट सधैं अपहेलित र उपेक्षित रहेको यो विद्यालयमा निजी श्रोतबाट काम गरिरहेका  शिक्षकहरुको तलब करिब ८ महिनादेखि बाँकी नै रहेकोे प्रधानाध्यापक यादवले बताए । 

शिक्षक अभाव रहेका विद्यालयप्रति सरकारको चासो पुग्न नसक्दा विद्यालय र शिक्षक मर्कामा परेका छन् । पालिकामा माध्यमिक तथा आधारभूत तहमा शिक्षक दरबन्दीबिना सञ्चालन हुँदा पठनपाठन समेत प्रभावकारी हुन सकेको छैन ।

प्रधानाध्यापक यादवका अनुसार शिक्षक दरबन्दीको व्यवस्थापन नहुँदा माथिल्ला कक्षामा पढाउने शिक्षकको अभाव भएको छ । शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयको शौक्षिक गुणस्तर कमी देखिएको छ । 

मावि तथा आधारभूत तहका विद्यालयमा १/२ जना दरबन्दीमा कक्षा सञ्चालन हुँदा विषयगत शिक्षकको अभावमा छ । करार तथा निजी शिक्षकका भरमा सञ्चालित छन् । विद्यालयको अवस्था निजी तथा करारका शिक्षकका भरमा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । 

ADV

सम्बन्धित खबर

Advertise