२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

Nada
२०८३ कार्तिक २५ गते १४:३२
Shares
‘छठी माई र सूर्य भगवान’लाई सलामी अर्पण

वीरगन्ज : धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्वका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने भएको छ ।

छठ पूजाको अवसरमा वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको ‘श्री श्री जङ्ग गण’ले यस वर्ष पनि ‘छठी माई र सूर्य भगवानलाई सलामी अर्पण गर्ने भएको हो । लोक आस्थाको महापर्व छठको मुख्य दिन यही कात्तिक २९ गते आइतबार साँझ वीरगन्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठ घाटमा पुगेर नेपाली सेनाको विशेष टोलीले विधिअनुसार सलामी अर्पण गर्ने कार्यक्रम रहेको श्री जङ्ग गणका प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताएका छन् ।

उनले भने, “पहिलेदेखि नेपाली सेनाले दसैँको सप्तमीका दिन नवदुर्गा भवानीलाई सलामी अर्पण गर्दै आए पनि गत वर्षदेखि छठ पूजामा वीरगन्जमा छठ माई र सूर्य भगवानलाई समेत सेनाले सलामी अर्पण गर्दै आएको छ, जुन यस पटक पनि निरन्तर हुन्छ ।” प्रमुख सेनानी कार्कीको नेतृत्वमा सेनाको टोली वाद्यवादनसहितको परेड तथा मार्च गर्दै घडिअर्वा छठ घाट पुगेर निर्धारित मार्गको परिक्रमा गर्दै छठ घाट परिसरमा रहेको सूर्य भगवानको मन्दिरमा पुगेपछि सेनाको टोलीले छठ माई र सूर्य भगवानलाई सैनिक विधिअनुसार सलामी अर्पण गर्ने कार्यक्रम तय भएको छ ।

छठ पूजा व्यवस्थापन समितिको आग्रहमा यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन लागिएको प्रमुख सेनानी कार्कीले बताए । छठ पर्वको इतिहासमा सम्भवत: गत वर्ष पहिलो पटक नेपाली सेनाले छठ माई र सूर्य भगवानलाई सलामी अर्पण गर्ने परम्पराको सुरुआत गरेको हो । पछिल्लो समय छठ पर्वप्रतिको आस्था र लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।

laxmi recruitement

सम्बन्धित खबर