२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमै दोस्रो

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ फागुन ६ गते २२:२४
अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमै दोस्रो

सन्धिखर्क : अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमा उत्कृष्ट कार्य सम्पादन गरी दोस्रो हुन सफल भएको छ । 

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम (एम एसएस) अन्तर्गत मंगलबार अर्घाखाँची अस्पतालको अनुगमन मूल्यांकन तथा समीक्षा कार्यक्रममा प्रदेशबाट  खटिएको विज्ञहरूको टोलीले मूल्यांकन गरी अस्पतालले  प्रदेशमा दोश्रो स्थान प्राप्त गरेको घोषणा गरेको अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिए ।

अहिलेसम्म लुम्बिनी  प्रदेशका १३ अस्पतालहरुको अनुगमन मूल्यांकन गर्दा अर्घाखाँची अस्पताल ९४ प्रतिशत अंक प्राप्त गरेको छ भने अनुगमन मूल्यांकनमा बर्दिया अस्पताल ९७ अंक प्राप्त गरी लुम्बिनी  प्रदेशमा पहिलो  स्थानमा छ । 

कार्यक्रम लुम्बिनी  प्रदेश,  स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजना अस्पताल विकास समिति सदस्य तथा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको  हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले उत्कृष्ट कार्य सम्पादन गरी अस्पताललाई उचाईमा पु¥याउन महत्वपूर्ण भूमिकाप्रति अस्पताल प्रमुख डा.जगन्नाथ तिवारी र सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारीहरू साथै निक्स साइमन संस्थालाई बधाइ तथा  धन्यवाद दिएका थिए । 

उनले स्वास्थ्यकर्मीलाई मुस्कानसहितको सेवा प्रदान गर्न आग्रह गरे । कोइरालाले अस्पतालको भौतिक संरचना निर्माण र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनमा  प्रतिबद्ध भएर लागेको बताए । 

अस्पतालका कार्य प्रगति  र समस्याका विषयमा अस्पताल  प्रमुख जगन्नाथ तिवारीले प्रस्तुतीकरण गरेका थिए ।

मुल्यांकन टोलीका प्रमुख पृथ्वीचन्द्र अस्पताल नवलपरासीका प्रमुख  डा.नरूल मोहम्मद होदाले अस्पतालका सबल पक्ष र सुधार गर्नुपर्ने पक्षहरूको बारे चर्चा गर्दै २ दिने अनुगमन मूल्यांकनबाट प्राप्त विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रम समापन मन्तव्य राख्दै नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले अस्पतालको विकासको निम्ति सम्बन्धित निकायमा आवाज उठाएको र नगरबाट पनि आवश्यकीय सहयोग प्रदान गर्दै आएको  बताए । 

ADV

सम्बन्धित खबर

Advertise