२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड सम्पन्न

ADV
मध्यान्ह
२०८१ असार १५ गते १५:३९
अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड सम्पन्न

काठमाडौं : बलिउडकी लोकप्रिय नायिका जयाप्रद्धाको उपस्थितिमा रेडिसन होटल काठमाडौंमा छैटौं अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड २०२४ सम्पन्न भएको छ ।

वरिष्ठ अभिनेत्री भुवन चन्द, बसुन्धरा भुसाल, संगीतकार राजु सिंह, शम्भुजीत बास्कोटा, चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । 

जसमा नायिका तेजुला खतिवडा ‘बेष्ट एक्टर अफ नेपाल भर्सस्टाइल’ सम्मान हात पार्न सफल भइन् भने गोपाल ढकाल ‘छन्दे’ बेष्ट कमेडियन एक्टर अफ नेपाल र सुनिल कटुवाल उत्कृष्ट चरित्र अभिनेताको सम्मानबाट सम्मानित भए । नेपाल र भारतको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise