२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड सम्पन्न

Nada
२०८१ असार १५ गते १५:३९
Shares
अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड सम्पन्न

काठमाडौं : बलिउडकी लोकप्रिय नायिका जयाप्रद्धाको उपस्थितिमा रेडिसन होटल काठमाडौंमा छैटौं अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड २०२४ सम्पन्न भएको छ ।

ncell

वरिष्ठ अभिनेत्री भुवन चन्द, बसुन्धरा भुसाल, संगीतकार राजु सिंह, शम्भुजीत बास्कोटा, चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । 

जसमा नायिका तेजुला खतिवडा ‘बेष्ट एक्टर अफ नेपाल भर्सस्टाइल’ सम्मान हात पार्न सफल भइन् भने गोपाल ढकाल ‘छन्दे’ बेष्ट कमेडियन एक्टर अफ नेपाल र सुनिल कटुवाल उत्कृष्ट चरित्र अभिनेताको सम्मानबाट सम्मानित भए । नेपाल र भारतको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर