२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राराको सल्यरीमा आरोग्य केन्द्र स्थापना, पर्यटकलाई सहज

ADV
दिलमाया शाही
२०८१ असार १५ गते २०:२४
राराको सल्यरीमा आरोग्य केन्द्र स्थापना, पर्यटकलाई सहज

जुम्ला : मुगुमा रहेको नेपालकै सुन्दर राराताल पर्यटकको एक केन्द्र बिन्दु हो । रारातालको नजिकै कुनै पनि स्वास्थ्य सेवा थिएनन् । यस पटक रारा तालको नजिकै रहेको सल्लयरीमा पर्यटनमैत्री नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । त्यहाँबाट स्वास्थ्य सेवा लिनेको संख्या बढ्दो क्रममा रहेको छ ।

रारातालको छेउमा कुनै पनि स्वास्थ्य केन्द्र नहँुदा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले रारा घुम्न आउर्ने पर्यटक र रारा तालको नजिक रहेका नागरिकको स्वास्थ्यलाई मध्य नजर गर्दै सेवा दिइएको छ । आरोग्य सेवा केन्द्र गएको  जेठ महिनामा स्थापना गरिएको हो । 

त्यस्तै पर्यटनमैत्री नागरिक आरोग्य सेवाबाट दैनिक रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक, मुर्मा झ्यारी, टोप्ला, सिगाढी, सल्लयरी, ढोटु, रिग्धारमा रहेको स्थानियबासीहरुले सेवा लिने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका कार्यालय प्रमुख लक्ष्मी प्रसाद पाण्डेले बताए । उनका अनुसार दैनिक सेवा लिनेहरुको संख्या ५० देखि ६० जना आउने गरेका छन् । 

‘आरोग्य सेवाबाट औषधी निःशुल्क दिनुका साथै स्वास्थ्यको लागि परामर्श स्वास्थ्य सम्बन्धी जनचेतना  दिने गरेका छौँ’ पाण्डेले भने, ‘हामीले  योग शिक्षा समेत दिर्ने गरेका छौँ । विशेषगरी घुम्न आउने पर्यटकहरुमा हाइ अल्टीच्यूट कारण टाउको दुख्ने, पेटमा समस्या देखिने गरेको छ ।’

स्थानीय नागरिकहरुमा ग्याष्टिक, अल्सर, टाउको दुख्र्ने महिलाहरुमा पाटेघर दुख्ने, बाथरोग, शरिर चिलाउर्ने जस्ता रोगका बिरामीहरु बढी सेवा लिन आउर्ने गरेका उनले बताए । 

यसअघि आरोग्य सेवा स्थापना नहुँदा रारा घुम्न आउर्ने पर्यटकहरुले निकै दुःख पाउर्ने गरेका थिए  । उनीहरुलाई सामान्य टाउको दुख्यो, ज्वरो आएमा पनि सदरमुकाम गमगढी २, ३ घण्टा लगाएर उपचार गर्नुपर्ने बाध्यता थियो । सल्यारीमा रहेको पर्यटनमैत्री नागरिक आरोग्य सेवा केन्द्रबाट सेवा पाउँदा स्थानीय नागरिक र रारा आउने पर्यटकहरुलाई निकै सहज भएको रारा सल्यरीका होटल व्यवसायी धन बहादुर बुढाले बताए ।

उनका अनुसार राराको सल्यारीमा रहेको पर्यटनमैत्री नागरिक आरोग्य सेवा केन्द्रको थप व्यवस्थापन गर्नुपर्ने देखिएको छ । उनले भने,‘यसको लागि औजार उपकरण लगायत औषधीहरुको व्यवस्था राम्रो बनाउन सकेको खण्डमा रारा घुम्न आउर्ने पर्यटक र सल्यरी आसपासका समुदायको स्वास्थ्मा सुधार ल्याउन मद्दत्त पुग्ने देखिन्छ ।’

त्यस्तै आरोग्य सेवा केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागि सहयोग गर्ने छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए  । उनले आगामी दिनमा आरोग्य सेवा केन्द्रको लागि आर्थिक र भौतिक रुपमा सहयोग हुने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise