२०८१ फागुन १५ गते बिहिवार / Feb 27 , 2025 , Thursday
२०८१ फागुन १५ गते बिहिवार
Ads

विकास निर्माण र सीमामा देखिएका समस्या समाधान गर्न अनुगमन

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ फागुन १४ गते २०:४९
विकास निर्माण र सीमामा देखिएका समस्या समाधान गर्न अनुगमन

अर्घाखाँची : विकास निर्माण र सीमामा देखिएका समस्या समाधान गर्न अर्घाखाँची र कपिलबस्तुका जिल्ला स्तरीय अनुगमन समितिका पदाधिकारीहरुको  बैठक तथा  विवादास्पद रहेका स्थलगत ठाउँको अनुगमन गरिएको छ । 

अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर ११ को सुकबेल खोलादेखि बङ्कासबाससम्मका सीमा क्षेत्रमा देखिएको ढुंगा गिट्टी निकासी पैठारीका विषयमा दुई नगरपालिकाबीच विवाद भएपछि त्यही विवादलाई समाधान गर्ने र अन्य सानातिना विवादहरु समाधान गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको जिल्लास्तरिय अनुगमन समितिका संयोजक जिल्ला समन्वय प्रमुख जीवनाराणय कोइरालाले जानकारी दिए । 

अर्घाखाँचीको  शीतगंगा नगरपालिका र कपिलवस्तुको शिवराज नगरपालिकाबीच सीमा तथा नदीजन्य पदार्थको निकासीमा केही समयदेखि देखिएको समस्या समाधानका विषयमा दुई जिल्लाको बैठक बसेर त्यसलाई समाधान गर्ने सहमति भएको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले जानकारी दिए । अर्घाखाँचीमा  प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले दुवै जिल्लाको सीमा क्षेत्रबाट हुनसक्ने चोरी तथा तस्करी नियन्त्रण गर्न र सीमा क्षेत्रको वास्तविकता थाहा पाउनका लागि अनुगमन सुरु गरिएको बताए । 

ADV

सम्बन्धित खबर

Advertise