२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

गुणस्तरीय र प्रविधिमैत्री शिक्षा जरुरी : नगरप्रमुख श्रेष्ठ

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ फागुन १७ गते १८:२०
गुणस्तरीय र प्रविधिमैत्री शिक्षा जरुरी : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले गुणस्तरीय प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताएका छन् । गौरीशंकर बोर्डिङ स्कुल अर्घाखाँचीको २२औं वार्षिकोत्सव तथा अभिभावक दिवस पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले शिक्षा क्षेत्रको सुधारका लागि सन्धिखर्क नगरपालिकाले  योजनाबद्धरुपमा काम गरिरहेको बताए ।

'शिक्षा सुधारका लागि शिक्षकसँग सम्बन्धित सम्पूर्ण संघ, संगठन तथा बौद्धिक वर्गले आवश्यक सहयोग तथा सुझाव दिनुहोस्,' श्रेष्ठले भने, 'हामी शिक्षाको विकास गर्न मिलेर अघि बढौं यहाँको शैक्षिक क्षेत्रको समग्र गुणस्तर र नतिजा सुधार्न शिक्षाकाे गुणस्तर बढाउनुपर्छ । विद्यार्थीमा पठनपाठनसँगै संस्कृति, खाेज, अनुसन्धानकाे विधिकाे माध्यमबाट अध्यापनमा सक्रिय बनाउनुपर्ने छ । एउटा विद्यालयकाे शैक्षिक अवस्था सुधार्न सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।´

स्थानीय सरकार शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नेगरी अघि बढेकाे भएपनि सरकारकाे एकल प्रयासले मात्रै शिक्षा क्षेत्रकाे विकासलाई अघि बढाउन नसक्ने बताउँदै उनले निजी क्षेत्रले शिक्षा क्षेत्रकाे विकासमा पुर्‍याएकाे याेगदानकाे समेत प्रशंसा गरे । उनले स्थानीय सरकार निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्न चाहेको उल्लेख गरे ।

गौरीशंकर बोर्डिङ स्कुलले शैक्षिक क्षेत्रमा मात्र नभई बहुसरोकार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएकाे उनले उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय अर्घाखाँचीका प्रमुख अनुसन्धान अधिकृत ईश्वरीप्रसाद आचार्य, सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माधव श्रेष्ठ, भूमिकास्थान नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपाल खनाल, सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मञ्जु आचार्य, नेपाल नेत्रज्योति संघ अर्घाखाँचीका अध्यक्ष दलबहादुर केसी, अर्घाखाँची आँखा अस्पतालका प्रमुख सागर घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष तथा नेपाली कांग्रेस अर्घाखाँचीका सचिव कृष्णप्रसाद खनाल, भूमिकास्थान नगरपालिकाका अधिकृत शेषकान्त घिमिरे, पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषद् सदस्य मुक्तिनाथ भुसाल, अर्घाखाँची आवासीय विद्यालयका प्रिन्सिपल चोपलाल बन्जाडे, ग्रिनइङ्लिस बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल नारायण भुसाल, मदरल्याण्ड बोर्डिङ स्कुलका प्रिन्सिपल पवित्रा बन्जाडे, पूर्वविद्यार्थी डाक्टर नवीन पन्थीलगायतले विद्यालयको वार्षिकोत्सव समारोहमा शुभकामना व्यक्त गरेका थिए ।

गौरीशंकर बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष भेषबहादुर बिसीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्कुलका प्रिन्सिपल गणेश क्षेत्रीले शैक्षिक, भौतिक, आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए । स्कुलका शिक्षक शिव बेल्वासेले संचालन गरेको कार्यक्रममा शिक्षक प्रकाशचन्द्र आचार्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा स्कुलका सहायक प्रिन्सिपल केशव भुसाल र शिक्षिका पुजा भट्टराईलाई पुरस्कृत गरिएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise