२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

Nada
२०८१ फागुन १८ गते १८:१९
Shares
बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

काठमाडौं : बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्य सिलवाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

ncell

न्यायाधीशहरु तेज नारायण सिंह राई, राम बहादुर थापा  र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।

नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका भन्ने आरोपबाट पनि विशेष अदालतले सफाइ दिएको हो ।

ताजा खबर

सम्बन्धित खबर