२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

Nada
२०८३ कार्तिक १७ गते १७:५४
Shares
हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

काठमाडौँ : सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार, दुर्घटनामा घाइते फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी तथा न्यूजील्याण्डका नागरिक शैलेश किसन पटेलकोको उक्त अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो । उनका अनुसार घाइतेहरूलाई अस्पताल ल्याइए लगत्तै प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय मूल्यांकन गरियो । 

परीक्षणपछि तीनै जनाको स्वास्थ्य अवस्थास्थिर र खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घाइतेको स्वास्थ्य अवस्थाअनुसार थप परीक्षण, उपचार तथा निरन्तर निगरानी गरिने अस्पतालले जानकारी दिएको छ । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर