२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

यस वर्ष भाइटिकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

Nada
२०८३ कार्तिक १७ गते १७:३७
Shares
यस वर्ष भाइटिकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाडौँ : यस वर्षको भाइटिकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको जनाइएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटिकाका लागि उक्त समय शुभसाइत निर्धारण गरिएको हो ।

समितिका अनुसार यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ । सो दिन धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार र धन्वन्तरि जयन्ती मनाइनेछ ।

कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ समेत प्रारम्भ हुनेछ ।

यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटिका मनाइनेछ । सो दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्ने परम्परा छ ।

समितिले भाइटिकाका अवसरमा दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनु उपयुक्त हुने जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर