२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

सुपादेउराली मन्दिर खर्च विवरणः प्रजिअले नै उठाए प्रश्न

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ फागुन १८ गते २१:००
सुपादेउराली मन्दिर खर्च विवरणः प्रजिअले नै उठाए प्रश्न

अर्घाखाँची : अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिरमा एक वर्षमा एक करोड ७९ लाख ११ हजार ८ सय ५३ आम्दानी भएको देखिएको छ । तर सुपादेउराली मन्दिरको खर्च विवरण सही ढंगले पारदर्शी नआएको भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले नै खर्चको विवरणमा प्रश्न उठाएपछि अहिले मन्दिरको भेटीमा अनियमितता भएको आशंका गर्दै चौतर्फी प्रश्न चिन्ह खडा भएको छ । 

खर्च विवरणमा मन्दिर परिसर निर्माणदेखि विभिन्न विद्यालय मठ मन्दिरलाई दिएको चन्दामा समेत प्रमुख जिल्ला अधिकारी अर्यालले प्रश्न उठाएपछि भेटीमै पारदर्शिताको विषय उठेको छ । 

गत आर्थिक वर्ष २०८०/८१ को आम्दानी भेटीबाट उठेको रकम एक करोड ४९ लाख ११ हजार ८ सय ५३ रुपँया र अक्षकोषमा परिणत गरिएको भेटीको रकम ३० लाख रहेको मन्दिर व्यवस्थापन समितिले १३औं साधारण सभाबाट जानकारी गराउँदै प्रतिवेदन सार्वजनिक गरेपछि कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री चेतनारायण आचार्यले समेत मन्दिरको रकम खर्च प्रक्रियाका बारेमा चासो व्यक्त गर्दै मन्दिरको पैसा विद्यालय संचालन तथा अन्य अनावश्यक चन्दामा खर्च नगरी मन्दिरको पैसा यसैको स्तरोन्नत्ती मन्दिर सरसफाइमा लगाउनुपर्ने बताउँदै चन्दा दिने सही ढंगले हिसाब नराख्ने परिपाटी अन्त्य गर्न मन्दिर व्यवस्थापन समितिलाई निर्देशन दिएका थिए । तर मन्दिर व्यवस्थापन समितिले गर्ने खर्चको विवरण सही तरिकाले बाहिर नआएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी अर्यालले प्रश्न उठाएपछि अतिथि सबैले मन्दिरका विषयमा प्रश्न उठाएका हुन् ।

आदर्श माध्यमिक विद्यालय खाँचिकोट, शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालयलगायतका विद्यालयमा शिक्षकको तलब भनेर वार्षिक २२ लाख ८६ हजार ४ सय १४ रुपैयाँ खर्च गरेको साधारण सभामा प्रतिवेदन लेखा प्रतिवेदन आएपछि सरकारी अधिकारी जिल्लाका जनप्रतिनिधिले नै यस विषयमा असन्तुष्टी व्यक्त गरेका थिए । यस विषयमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री आचार्यले शिक्षकलाई मन्दिरको भेटीबाट तलब दिने नभएर नगरपालिका प्रदेश सरकार संघीय सरकारले यसको व्यवस्थापन गर्ने भन्दै यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएका थिए ।

विशेष गरी सानो मन्दिरलाई आफ्नो निजी लगानीमा एक करोड भन्दा बढी खर्च गरी मन्दिर निर्माण गर्ने मन्दिरको देश विदेशमा मात्र नभएर विश्वमा समेत चिनाइदिने स्वर्गीय नरनारायण बाबाको शालिक निर्माणमा ७० हजार खर्च भएको देखाएपनि अझैसम्म उनको सालिक नराखेको भन्दै स्थानीयले नै विरोध गरेका छन् ।

मन्दिरमा २०७८ देखि ८१ माघसम्म ६६ तोला ९८ पायन्ट सुन र १ सय ५६ तोला चाँदी जम्मा भएको प्रतिवेदनमा उल्लेख छ । 

मन्दिरले धार्मिक संघसंस्थालाई २९ लाख ८९ हजार ७६, विविध खर्च ४२ लाख ७ हजार ६ सय ७ रुपैयाँ, यातायात २ लाख ४ हजार मन्दिर व्यवस्थापन र पारिश्रमिकमा २० लाख बढी खर्च लगायतका खर्चको विवरण प्रष्टसँग नखुलाई साधारण सभामा पेस गरेपछि यसमा प्रश्न चिन्न खडा भएको हो । मन्दिर व्यवस्थापन समितिले दर्शन गर्न सहज बनाउन संरचना ठूलोदेखि सामाजिक क्षेत्रमा गरेका काम सकारात्मक भएपनि आर्थिक विषयमा जिम्मेवारी नदेखाएको शीतगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताए ।

मन्दिर व्यवस्थापन समितिको साधारण सभा सम्पन्न भएपनि अहिलेसम्म संचालक समिति गठन हुन सकेको छैन । विद्यान अनुसार मन्दिरको संचालक समिति साधारण सभा भएको मितिले तीन दिनभित्र गठन गरिसक्नुपर्ने हुन्छ । मन्दिर संचालक समितिका अध्यक्ष बन्नका लागि निवर्तमान अध्यक्षसहित ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपनि सहमति हुन नसकेपछि अहिले स्थानीय ३ जनाको समिति बनाइ काम चलाउका लागि मन्दिर व्यवस्थापन तदर्थ समिति गठन भएको एक स्थानीयले बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise