२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

नागरिक लगानी कोषका सहभागीलाई गंगालालमा छुट

draupadi film
मध्यान्ह
२०८१ फागुन १८ गते २१:२०
नागरिक लगानी कोषका सहभागीलाई गंगालालमा छुट

काठमाडौं : नागरिक लगानी कोषका सहभागीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सेवामा छुट हुने भएको छ । कोष र अस्पतालबीचमा सम्झौता भएसँगै कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूलाई अस्पतालको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

सो छुट सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रवी मल्लले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, शेयरधनी, कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise