२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

कजारिया टाइलको सोरुम काठमाडौंको सतुंगलमा

draupadi film
मध्यान्ह
२०८१ फागुन १८ गते २१:२१
कजारिया टाइलको सोरुम काठमाडौंको सतुंगलमा

काठमाडौं : टाइल निर्माता कजारियाले सतुंगल, काठमाडौंमा सोरुम स्थापना गरेको छ । एक समारोहबीच चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वार्ड नं. ११ का अध्यक्ष नरेद्रराज श्रेष्ठले रिबन काटेर सोरुमको उद्घाटन गरेका हुन् । 

श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित सो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे ।

रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise