२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

स्ववियु निर्वाचन : बझाङमा अनेरास्ववियुलाई जिताउन एमालेले खटायो जिल्लाका नेता

draupadi film
सत्यराज सिंह
२०८१ फागुन १९ गते १४:३४
स्ववियु निर्वाचन : बझाङमा अनेरास्ववियुलाई जिताउन एमालेले खटायो जिल्लाका नेता

बझाङ : नेकपा (एमाले) जिल्ला कमिटी बझाङले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात क्याम्पसमा नेताहरूलाई जिम्मेवारीसहित खटाएको छ ।

पार्टीको जनसंगठन अनेरास्ववियुलाई जिताउने गरी एमालेले सेती क्याम्पस, बझाङदिप क्याम्पस, थलारा क्याम्पस, शान्ति क्याम्पस, सुनकुडा क्याम्पस, त्रिवेणी क्याम्पस र खापरदेव क्याम्पस गरी सात वटै क्याम्पसमा जिल्ला कमिटी सदस्य र पालिका कमिटीका नेता खटाएको हो । 

नेकपा एमाले जिल्ला कमिटी बझाङका उपसचिव तथा जनसंगठन संयन्त्र प्रमुख पंकज भण्डारीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात वटै क्याम्पसमा पार्टीबाट प्रतिनिधी खटाईएको बताए । 

पार्टीको जिल्ला कमिटीबाट समन्वय र संयोजन गर्ने जिम्मासमेत भण्डारीलाई दिइएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गततका क्याम्पसहरूमा स्ववियु निर्वाचन आगामी चैत ५ गते हुने भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise