२०८१ फागुन २१ गते बुधवार / Mar 05 , 2025 , Wednesday
२०८१ फागुन २१ गते बुधवार
Ads

प्रधानमन्त्री कप–२०८१ छनोट क्रिकेटमा सुनसरी र इलामको जित

hardik ivf
मध्यान्ह
२०८१ फागुन १९ गते २०:५२
प्रधानमन्त्री कप–२०८१ छनोट क्रिकेटमा सुनसरी र इलामको जित

विराटनगर : कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा जारी प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा सोमबार सम्पन्न खेलमा सुनसरी र इलामले जित निकालेका छन् ।

वैजनाथ क्रिकेट मैदानमा सम्पन्न खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको झापा २४.३ ओभरमा सबै विकेट गुमाएर मात्र ६३ रनको सामान्य योगफल बनाउन सफल भयो । झापाका लागि आशिष राना ममरले सबैभन्दा बढी १३ रन जोडे। सुनसरीका बलर प्रकाश कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने भुपाल लुइटेलले २ विकेट लिए ।

६४ रनको लक्ष्य पछ्याएको सुनसरीले २५.२ ओभरमै ६ विकेट गुमाएर जित हात पार्‍यो । सुनसरीका सुमन घतानीले अविजित रहँदै २८ रन जोडे। झापाका सिद्धान्त कमितले ३ विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको अर्को खेलमा इलामले उदयपुरलाई १२ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको इलामले ३६.४ ओभरमा सबै विकेट गुमाउँदै १६५ रनको स्कोर खडा गर्‍यो । इलामका लागि शिवान्स बजगाईंले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ४० रन बनाए । उदयपुरका सोनु अन्सारीले ३ विकेट लिए ।

१६६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको उदयपुर ३९.५ ओभरमा सबै विकेट गुमाएर १५३ रनमै समेटियो । उदयपुरका प्रभात किरणले ३३ रन र सोनु अन्सारीले २८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । इलामका विशाल आचार्यले ३ विकेट लिँदै ‘प्लेयर अफ द म्याच’ बने भने हेमन राई, सन्दिप ढुंगाना र वि. कामतले समान २-२ विकेट लिए ।

प्रतियोगितामा मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरसहित पाँच टिम सहभागी छन् । लिगको आधारमा खेलाइने यो प्रतियोगिता कोशी प्रदेशका खेलाडीहरूका लागि उत्कृष्ट मञ्च बन्ने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise