२०८१ फागुन २१ गते बुधवार / Mar 05 , 2025 , Wednesday
२०८१ फागुन २१ गते बुधवार
Ads

प्रथम आईजीपी नेशनल तेक्वान्दोमा स्वस्तिक तेक्वान्दो दोजाङको टिम द्वितीय

hardik ivf
मध्यान्ह
२०८१ फागुन १९ गते २१:२७
प्रथम आईजीपी नेशनल तेक्वान्दोमा स्वस्तिक तेक्वान्दो दोजाङको टिम द्वितीय

काठमाडौं : नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा फागुन १६ र १७ गते सञ्चालन भएको प्रथम आईजीपी नेशनल तेक्वान्दो च्याम्पियनसिपमा स्वस्तिक तेक्वान्दो दोजाङको टिम द्वितीय भएको छ ।

स्वस्तिक तेक्वान्दो डोजाङबाट प्रतिनिधित्व गर्दै २३ किलो तौल समूहमा प्रमित परियारले स्वर्ण जितेका छन् भने २६ किलो तौल समूहमा पनि सुमन तामाङले स्वर्ण पदक जितेका छन् । एकल ११ वर्ष मुनि पुम्सेतर्फ सुमन तामाङले स्वर्ण पदक जिते भने पियर ११ वर्ष मुनि सुमन तामाङ र युनिसा राना मगरको जोडीले स्वर्ण पदक जिते । ११ वर्ष मुनिको ग्रुप पुम्सेमा सुमन तामाङ युनिसा राना मगर प्रसिद्ध तामाङको समूहले स्वर्ण पदक जितेको छ ।

यसैगरी ग्रुप पुम्सेमा नै पल्सन दर्नाल अर्लिना चौधरी उर्गेन तामाङको समूह रजत पदक जित्न सफल भएको छ । १७ वर्ष मुनिको व्यक्तिगत पुम्सेतर्फ जनम मगरले कांस्य पदक जितेका छन् भने ११ वर्ष मुनि उर्गेन तामाङले पनि कांस्य पदक नै जितेका छन् । पियर पुम्सेमा भने ११ वर्ष मुनि मारिका राना मगर र प्रसिद्ध तामाङको जोडीले कांस्य पदक जितेका छन् । ११ वर्ष मुनिको व्यक्तिगत पुम्सेतर्फ युनिसा राना मगरले कांस्य पदक जितेकी छन् । उक्त प्रतियोगितामा स्वस्तिक तेक्वान्दो डोजाङका खेलाडी सुमन तामाङले पुम्सेतर्फ ३ स्वर्ण र फाइटतर्फ एक स्वर्ण जिती कुल ४ स्वर्ण पदक जिती नयाँ इतिहास रच्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा नगद रु २५०० सहित प्रतियोगिताकै उत्कृष्ट पुरुष पुम्से खेलाडीको ट्रफी पनि पाएका छन् । नेपाल तेक्वान्डोको इतिहासमा सम्भवत पहिलोपटक एक प्रतियोगितामा एकै खेलाडीले चार स्वर्ण पदक जितेको प्रशिक्षक प्रेम दर्नालले बताए । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला र प्रदेश गरी ४७ डोजाङहरूको सहभागिता रहेको थियो भने महिला र पुरुष गरी ६०० जना भन्दा खेलाडीहरू सहभागी थिए ।

उक्त प्रतियोगितामा आयोजक टिम नेपाल पुलिस स्कुल सामाखुसीले ७ स्वर्ण ६ रजत र १५ कांस्य जित्दै टिम प्रथम भई रु २० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ भने स्वस्तिक तेक्वान्दो डोजाङले ५ स्वर्ण १ रजत र ४ कांस्य जित्दै रु १५ हजार नगद र ट्रफी जित्न सफल भयो । यसैगरी ढल्को टेक्वान्डो डोजाङ ५ स्वर्ण सहित टिम तेस्रो भई नगद रु १० हजारका साथै ट्रफी प्राप्त गरेको छ ।

सम्पूर्ण पदक विजेता खेलाडीहरूलाई प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मेडल तथा ट्रफी प्रदान गरेका थिए । स्थापना भएको छोटो समयमा नै स्वस्तिक तेक्वान्दो डोजाङलाई स्थापित गराउन खेलाडीहरूको कडा मिहिनेत धैर्यता निरन्तरता र लगनशीलताले नै यो सम्भव भएको स्वस्तिक तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक प्रेम दर्नाल बताउँछन् ।

ADV

सम्बन्धित खबर

Advertise