२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

वन डढेलो नियन्त्रणमा सक्रिय बन्न निर्देशन

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ फागुन १९ गते २१:३६
वन डढेलो नियन्त्रणमा सक्रिय बन्न निर्देशन

अर्घाखाँची : डिभिजन वन कार्यालय अर्घाखाँचीले ३ वटै सुरक्षा निकायलाई आगलागी नियन्त्रण पूर्वतयारी सामग्री हस्तान्तरण गरेको छ ।  

डिभिजन वन कार्यालयले सोमबार आफ्नै कार्यालयको सभाहलमा कार्यक्रमको आयोजना गरी अग्नि नियन्त्रणका लागि ३० थान सामग्री हस्तान्तरण  गरेको   सिनियर डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।   अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल, सशस्त्र  प्रहरी बल अर्घाखाँचीका प्रमुख डीएसपी भिमसेन दास बोहरा र नेपाली सेनाका प्रमुखलाई  करिब ५ लाख मूल्य बराबरको अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरेका थिए । 

प्रजिअ अर्यालले सुरक्षा निकायका प्रतिनिधिहरुलाई वाटर ट्रयांक, लाईफ ज्याकेट, हेल्मेट, साबेल लगायतका ११ प्रकारका डढेलो नियन्त्रण सामग्री हस्तान्तरण गरेका थिए । 

उनले वनमा आगोलागी हुँदा सबैभन्दा पहिला सुरक्षा निकायलाई जनताले सूचना दिने गरेको र अग्नी नियन्त्रण गर्ने सामग्री प्रशस्त नभएका कारण गर्मीको समयमा डढेलो बढी लाग्ने सम्भावना हुँदा यस सामग्रीको बढी महत्वपूर्ण हुने बताए । 

जलवायु परिवर्तनसँगै मानवीय कारणले डढेलो बढ्ने सम्भावना रहेको  डिभिजन वन प्रमुख श्रेष्ठले  बताए । करिब ९६ प्रतिशत बढी वन डढेलो मानवीय कारणले लाग्ने गरेको भन्दै उनले यस्ता घटना हुन नदिन प्रत्येक नागरिक जिम्मेवार बन्न जरुरी रहेको बताए । 

कार्यक्रममा वन कर्मचारी सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रमुख जिल्ला अधिकारी अर्यालले वन डढेलो र आगलागी नियन्त्रणका लागि सक्रिय बन्न र सम्भावित डढेलोजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise