२०८१ फागुन २१ गते बुधवार / Mar 05 , 2025 , Wednesday
२०८१ फागुन २१ गते बुधवार
Ads

कतारमा कम्युनिटी स्तरीय 'रमादान फुटबल च्याम्पियन' प्रतियोगिता हुने

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ फागुन २० गते २२:०२
कतारमा कम्युनिटी स्तरीय 'रमादान फुटबल च्याम्पियन' प्रतियोगिता हुने

दोहा, कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा राष्ट्रिय मानवअधिकार समिति कतारले कम्युनिटी स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आगामी बिहीबार रातिदेखि अल फुर्जान खेल मैदान ऐनखालीदमा सुरु हुने 'रमादान फुटबल च्याम्पियन' प्रतियोगितामा विभिन्न आठ देश सहभागी हुने एनसीसी कतारले जनाएको छ ।

नेपाली कम्युनिटीको प्रतिनिधित्व गर्दै एनसीसी कतार मातहत रहेको खेलकुद विभागको टिम खेल्नेछ । उद्घाटन सत्रमा बिहीबार राति ९ बजे पहिलो खेल केन्या र नाइजेरिया खेल्नेछन् भने १० बजे दोस्रो खेल भारत र फिलिपिन्स खेल्नेछन् । शुक्रबार राति ९ बजे तेस्रो खेल घाना र युगान्डा आपसमा भिड्नेछ भने चौथो खेलमा नेपाल र बंगलादेश भिड्ने भएका छन् । विजेताले नगद कतारी रियाल ५ हजार, द्वितीय पुरस्कार कतार रियाल ३ हजार, तृतीय पुरस्कार कतारी रियाद २ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सेमिफाइनल खेलको पहिलो खेलdf मार्च १३ तारिक बिहीबार पहिलो खेलको विजेता र तेस्रो खेलको विजेता साँझ ९ बजे भिड्नेछन् । सेमिफाइनलको दोस्रो खेल दोस्रो खेलको विजेता र चौथो खेलको विजेता बिहीबार राति १० बजेबाट आपसमा भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल मार्च १४ तारिक राति १० बजे हुनेछ भने तृतीय स्थानका लागि सेमिफाइनल खेलका उपविजेता टिमहरू आपसमा भिड्नेछन् ।

खेल सकिएलगत्तै पुरस्कार वितरण समारोह हुने कतारको राष्ट्रिय मानव अधिकार समितिका नेपाली प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अलि मियाँले जानकारी दिए । उनले यस प्रतियोगिताले नेपाल र नेपालीको सम्बन्ध अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत हुने विश्वास व्यक्त गरे । खेलमा उपस्थिति जनाएर खेलाडीको हौसलालाई बुलन्द गरिदिन एनसीसी कतारले आग्रह गरेको छ । निःशुल्क प्रवेश गर्न सकिने प्रतियोगिताको विस्तृत जानकारीका लागि एनसीसीका खेलकुद संयोजक रमेश केसी ३३३४ ४९७७ र मियाँलाई ७७३०६५७ सम्पर्क गर्न सकिने व्यवस्था आयोजकले मिलाएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise