२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

उदयपुरमा वर्षातले घरहरुमा क्षति, सडक अवरुद्ध हुँदा आवत-जावतमा समस्या 

ADV
बिन्द्र राई
२०८१ असार १६ गते २२:०४
उदयपुरमा वर्षातले घरहरुमा क्षति, सडक अवरुद्ध हुँदा आवत-जावतमा समस्या 

उदयपुर : उदयपुरमा भारी वर्षातले जमिन भाँसिने बग्ने तथा पहिरो गएसँगै घरहरु तथा सडकमा क्षति पुगेको छ । 

जसका कारण आवत–जावतमा समेत समस्या भएको छ । शनिबारदेखि लगातार वर्षातले  त्रियुगा नगरपालिका, रौतामाइ गाउँपालिका लगायत ग्रामीण तथा पहाडी भेगहरुका घरहरुमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको छ । 

त्रियुगा नगरपालिकाका १६ वडा अध्यक्ष मान बहादुर राईका अनुसार सो वडा अन्तर्गत सुकौरा सडक,बेल्दोभान, जाँते सिद्रे, सिदाली आहाका स्थानीयको घरमा क्षति पुगेको छ भने सडक समेत अवरुद्ध भएको छ । राईले जाँते सिद्रे, तीनधारे लगायत ठाउँहरुका ६ वटा घरहरुमा आंशिक क्षति भएको जानकारी दिए । 

यता १५ वडा अन्तर्गतको अन्दाजी दुई दर्जन घरहरुमा आंशिक क्षति तथा आन्तरिक सडकहरु बन्द भएको र वाह्य मुख्य सडकमा पहिरो खसेको छ ।

भारी वर्षातले त्रिनपा २ फतेपुर गाईघाट, ५ दमौटी  लगायत ठाउँहरुका सडक अवरुद्ध हुँदा  आवत–जावतमा समस्या भएको सो वडाका वडाध्यक्षहरुको भनाइ छ । 

रौतामाई अन्तर्गतको मुर्कुची पुवारे सडक,मुर्कुची डुमुथुम्का, भुट्टार जाने लगायत सडकहरु क्षति भएर अवरुद्ध भएपछि आवत–जावतमा समस्या भएको रौतामाई गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्र थापाले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise