काठमाडौं : बंगलादेशका विकेटकिपर ब्याटर मुस्फिकर रहिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो सन्यासको घोषणा गरेका छन् ।
३७ वर्षीय विकेटकिपर ब्याटरले २०२२ मा टी२० फम्र्याटबाट पनि सन्यास लिइसकेका छन् । बंगलादेशले च्याम्पियन्स ट्रफीमा निराशा हात पारेपछि उनले एकदिवसीय करिअरमा पनि सन्यास लिने घोषणा गरेका हुन् ।
रहिम एकदिवसीयमा बंगलादेशका लागि सर्वाधिक रन बनाउने दोस्रो नम्बरका ब्याटर हुन् । उनले २५६ इनिङ्समा ९ शतक र ४९ अर्धशतकसहित ७ हजार ७९५ रन बनाएका छन् ।
उनले टेस्टमा ९४ खेलमा ६ हजार ७ रन बनाएका छन् । उनी बंगलादेशबाट १०० वटा टेस्ट खेल्ने पहिलो खेलाडी बन्ने लयमा छन् ।