२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

छत्रदेवको सार्वजनिक सुनुवाइमा गुनासै गुनासा

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ फागुन २२ गते २१:२७
छत्रदेवको सार्वजनिक सुनुवाइमा गुनासै गुनासा

अर्घाखाँची : अर्घाखाँचीको  छत्रदेव गाउँपालिका वडा नम्बर ४ केरुङ्गामा प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । 

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टि वा असन्तुष्टि गुनासो  सुनुवाइ गर्ने तथा पालिकाले गरेको चौमासिक प्रगति, योजना, आयोजनाको अवस्थाबारे नागरिकलाई जानकारी दिन सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए ।

छत्रदेव गाउँपालिकाले गत साउन महिनादेखि संचालन गरेका योजना, आयोजनाहरुको अवस्था,  सेवाग्राहीलाई   प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चित गर्न  गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए । 

कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागि साना भन्दा पनि ठूला योजनामा केन्द्रित भएर लाग्न  सुझाव दिएका छन् । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाव दिएका थिए । 

सुझाव दिने वक्ताहरुले छत्रदेव गाउँपालिकाभित्र रहेको प्रशासकीय भवन लामो समयदेखि अलपत्र परेको, अस्पतालमा दक्ष जनशक्ति नभएको, सामान्य बिरामी पर्दा समेत बुटवल जानुपर्ने बाध्यता भएको, निर्माण व्यवसायीको लापरबाहीका कारण वर्षौसम्म केही संघीय सरकारले लगानी गरेका सडकहरुमा काम हुन नसकेको, जनप्रतिनिधिहरुले कार्यकर्ता पाल्ने खालका वार्डहरुमा टुक्रा योजना निर्माण गरेको, राजश्व सोचेजस्तो  गाउँपालिकाले उठाउन नसकेको र विकासले तीव्रता लिन नसकेको जस्ता प्रश्नहरु राखेका थिए ।

सहभागीले राखेका सुझावको प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष  चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष  मनि पन्थी,  प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, योजना अधिकृत भाष्कर खनाल लगायत र विषयगत शाखाका प्रमुखहरु, वडाध्यक्षहरुले दिएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले छत्रदेव गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्यमा भएको ढिलाइ, १५ शैय्याको अस्पताल निर्माण कार्यमा भएको ढिलाइले गाउँपालिकाको विकास निर्माणमा गम्भीर असर पारेको बताएका थिए । कार्यक्रममा   गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिक अवधिमा भएका कामहरुको समीक्षा गरिएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise