२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

विद्यालयलाई आर्थिक गतिविधिमा जोड्नुपर्छ : मन्त्री भण्डारी

draupadi film
मध्यान्ह
२०८१ फागुन २५ गते ११:३७
विद्यालयलाई आर्थिक गतिविधिमा जोड्नुपर्छ : मन्त्री भण्डारी

सुर्खेत : कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयलाई आर्थिक गतिविधिमा जोड्न शिक्षा योजना मुख्य प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।

आइतबार कर्णाली प्रदेशको शिक्षा योजनाको मस्यौदामाथिको छलफल कार्यक्रममा बोल्दै उनले  शिक्षा र आर्थिक विकासलाई सँगै लैजानुपर्ने बताए । यसका लागि स्थानीय पाठ्यक्रममा उत्पादनको विषय जोड्नुपर्ने र व्यवसायीकरण गर्नुपर्ने सुझाव राखे ।

मन्त्री भण्डारीले प्रदेश योजना बनाउँदा पालिकाको शिक्षा योजना पृष्ठपोषणका रूपमा लिन सकिने बताए । 

योजना बनाउने तर उपयोग नहुने कारणले जनतामा वितृष्णा जागेको बताउँदै योजना निर्माण गर्दा विज्ञको सहभागिता अनुरुप कार्यान्वयन गर्ने निकायका कर्मचारी ध्यानपूर्वक सहभागी हुन आवश्यक रहेको उनले टिप्पणी गरे ।

ADV

सम्बन्धित खबर

Advertise