२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

खापरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

draupadi film
सत्यराज सिंह
२०८१ फागुन २५ गते २२:१८
खापरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

बझाङ : बझाङको खापरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गतेको स्ववियु निर्वाचनको कार्यक्रम अर्काे सूचना प्रकाशित नहुँदा सम्मका लागि स्थगित गरिएको क्याम्पस प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए । खापरदेव क्याम्पसमा विद्यार्थीहरुले समयमै भर्ना नगरेपछि स्ववियु निर्वाचनको तयारी पूरा हुन नसकेको सिंहको भनाइ छ ।

क्याम्पस व्यवस्थापन समितिको फागुन २४ गतेको बैठकमा स्ववियु निर्वाचनलाई वैधानिक र नियमअनुसार सम्पन्न गर्न अर्को सूचना प्रकाशित नगरी निर्वाचनको कुनै कार्यक्रम अगाडि बढाउन नसकिने जनाएको छ ।  सोही निर्णयको आधारमा स्ववियु निर्वाचन सम्वन्धि क्याम्पसका सबै कार्यक्रमहरू स्थगित गरिएको क्याम्पस व्वस्थापन समिति अध्यक्ष दिपेन्द्रबहादुर सिंहले बताए ।

क्याम्पस प्रमुख रमेशबहादुर सिंह र क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्रबहादुर सिंहद्वारा फागुन २४ गते जारी गरिएको सूचनामा, भर्ना प्रक्रिया पूर्ण नभएका कारण क्याम्पसको स्ववियु निर्वाचन स्थगित गरिएको उल्लेख गरिएको छ ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise