२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

आन्दोलनको नाममा द्वन्द्व फैलाउने प्रयास भयो : नगरप्रमुख साह

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन २६ गते २१:४३
Shares
आन्दोलनको नाममा द्वन्द्व फैलाउने प्रयास भयो : नगरप्रमुख साह

रौतहट : गौर नगपालिकाका नगरप्रमुख शम्भू साह कानूले गौरमा आन्दोलनको नाममा द्वन्द्व फैलाउने प्रयास भएको बताएका छन् ।  

ncell

नारी चेतना महिला कृषक सहकारी संस्थाले गौरमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर परेर आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मेयर साहले गौर राइस आयल एन्ड फ्लोर मिल्स लिमिटेडको नाममा दर्ता रहेको जग्गा बिक्री गराउने कार्यमा संचालक समितिसँग लिएको रकम फिर्ता गर्न नपरोस् भनि केही पूर्व जनप्रतिनिधिले आन्दोलनको नाममा द्वन्द्व फैलाउने कार्य गरिरहेको आरोप लगाए । 

वर्षौदेखि विवादमा रहेका गौर राइस मिलको जग्गा संचालक समितिले  करिव ३० करोड भन्दा बढी मूल्य भएको २ विगहा १५ कट्ठा जग्गा खेलखुद मैदानको लागि निःशुल्क दानमा दिन लागेकोमा त्यसलाई अवरोध गर्ने उद्देश्यले आन्दोलन गर्न लागिएको बताए । 

राइस मिलका संचालक समितिले पूर्व नगरप्रमुख अजय कुमार गुप्तालाई उनको होटल सिया पैलेसमा २० लाख र पेट्रोल पम्पमा ६० लाख रुपैयाँ दिएको भिडियोमार्फत सार्वजानिक गरेको अवस्थामा पनि केही प्रतिक्रिया नदिएर चुप लागेर बस्नु भनेको अर्थ के रहेको भनी प्रश्न समेत गरे । 

यस्तै उनले महिलालाई सशक्त बनाउन शिक्षा जरुरी रहेकोले छोरीलाई पढाउन सुझाव समेत दिए । गीता देवी कुशवाहाको अध्यक्षता तथा उपप्रमुख  शैलदेवी साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला नेत्री इन्दु देवी झा, वडाध्यक्ष शिव शंकर यादव, अवध  किशोर साह, हरिशंकर पाण्डेय, संजय गिरी, विनोद चौधरीले शुभकामना मन्तव्य राखेका थिए । 

ताजा खबर

सम्बन्धित खबर