२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

जनताका गुनासा सम्बोधनमा सन्धिखर्क नगरपालिका

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ फागुन २९ गते २०:५६
जनताका गुनासा सम्बोधनमा सन्धिखर्क नगरपालिका

अर्घाखाँची : अर्घाखाँची सन्धिखर्क नगरपालिकाले जनताका गुनासा सम्बोधन गर्न थालेको छ ।  स्थानीयबासीहरु  रभित्रका नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारप्रति संवेदनशील बन्दै गएको बताउँछन् । नगरपालिकाभित्र  सेवा प्रवाह, विकास निर्माणको काम दु्रर्त गतिमा अगाडि बढाउँदै नागरिकहरुको स्वास्थ्य, शिक्षा, रोजगारमा समेत संवेदनशील हुँदै जनविश्वास दिलाउन रचनात्मक कामहरु सञ्चालन गर्दै आएको सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले बताए । 

नागरिकहरुको स्वास्थ्यलाई विशेष केन्द्रमा राखेर सबै वडाका जनतालाई विशेषज्ञ स्वास्थ सेवा दिने गरी प्रत्येक वर्ष निःशुल्क  विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको मेयर श्रेष्ठले बताए । यस्तै जिल्लाका विभिन्न स्थानहरुमा सडक कालोपत्रे गर्ने, बजारमा सडक बत्तीहरु जडान गरी झिलिमिलि पार्ने, वडा कार्यालयहरु निर्माण गरी जनताको चाहना अनुसारको सेवा दिने, सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्ने, बजार क्षेत्रका सडकहरु चौडा पार्ने, पर्यटकीय क्षेत्रहरुको संरक्षण गर्ने, किसानहरुलाई उत्पादनको आधारमा अनुदान दिने, विभिन्न प्रकारका सीपमुलक तालिमहरु दिने, महिला, जनजाति, आदिवासी, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई घरमा पुगेर सेवा दिने,   नगरपालिकाभित्र हराभरा बनाउने, सबै वडाहरुमा एकरुपताका साथ विकास गर्ने जस्ता कामहरु नगरपालिकामा भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए । 

यहाँका वडामा सञ्चालन गरिएका विभिन्न प्रकारका सीपमूलक तालिमहरुबाट  हजारौं नगरबासीले  विभिन्न प्रकारको सेवा लिन सफल भएको नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले जानकारी दिइन् । नगरपालिकाले वडाका जेष्ठ नागरिकहरुलाई घर–घरमा पुगेर  सेवा प्रदान गर्दै आएको छ भने उनीहरुको सुरक्षा भत्ता कार्ड रिन्यु समेत गरी घरमा पु¥याइदिने, जनतालाई सेवा दिनका लागि सबै वडामा पुगेर एकीकृत घुम्ती शिविरमार्फत योजना सम्झौता गर्ने, जेष्ठ नागरिक परिचयपत्र, अपांग परिचयपत्र दिने, परामर्श सेवा लगायत नगरबाट दिने, सबै सेवा सुविधा वडाहरुमाबाट दिने, वाडहरुमा राजस्व लिने जस्ता महत्वपूर्ण कामहरु गरेपछि नगरबासी खुसी भएको राजश्व शाखा प्रमुख मुक्ति खनालले बताए ।

नगरपालिकामा भुसाल प्रमुख  प्रशासकीय अधिकृत बनेर आएपछि मुस्कानसहितको सेवा, कुनै पनि सेवाग्राही कामका लागि कार्यालयमा पुगेको ५ मिनेट भन्दा बढी बस्न नपर्ने गरी अहिले कामहरु अगाडि बढाएको पाइएको सेवा लिन कार्यालयमा आएका सन्धिखर्क ३ का गफार मियाले बताए । 

नगरपालिकाले अपाङ्गता भएका नागरिकहरुलाई घरमै गइ उनीहरूको माग बमोजिमका सामग्रीहरू वितरण गर्ने, नागरिकहरुको गुनासो तथा सुझावहरू संकलन गर्ने, कृषकहरूसँग छलफल गर्ने, जेष्ठ नागरिकसँग छलफल गर्ने, ८० वर्ष माथिका जेष्ठ नागरिकलाई  घरमा पुगेर सम्मान गर्ने भ्रष्टाचार नियन्त्रण गर्ने, वैशाखभित्र सबै योजना सम्पन्न गर्न ताकेता गर्ने जस्ता कामहरु नगरपालिकाबाट भएको योजना अधिकृत दिलिप केसीले बताए ।

ADV

सम्बन्धित खबर

Advertise