एजेन्सी : भारतका उपराष्ट्रपति बेंकैया नायडुलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।
हाल उनी घरमै आइसोलेसनमा बसेका छन् । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
गत २४ घण्टामा भारतमा ८० हजार पाँच सयलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६२ लाख २३ हजार पाँच सय नाघेको छ । कोरोनावाट भारतमा ९७ हजार ५ सय २९ जनाको मृत्यु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies