२०८१ चैत २ गते शनिवार / Mar 15 , 2025 , Saturday
२०८१ चैत २ गते शनिवार
Ads

‘अर्घाखाँची प्रहरी अपराध नियन्त्रणमा सफल भएको छ’

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ चैत २ गते १९:५८
‘अर्घाखाँची प्रहरी अपराध नियन्त्रणमा सफल भएको छ’

अर्घाखाँची : जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अपराध नियन्त्रणमा सफल भएको दाबी गरेको छ । शनिबार कार्यालयमै आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अर्घाखाँचीका नागरिकलाई शान्ति सुरक्षा प्रत्याभूत दिलाउने आफ्नो पहिलो प्राथमिकता भएकोले सोही अनुसार काम गरिरहेको बताए ।

उनले जनताको गुनासो सुन्न र शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि प्रहरीले गरिरहेका नियमित कामहरु कस्ता छन् भन्ने जनताको राय सुझाव लिन प्रहरीले जनतासँग नागरिक सुनुवाइ कार्यक्रम सुरू गरिएको बताए ।

उनले जनता र प्रहरीको समन्वयमा जिल्लामा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्दै गएको बताए । मल्लले भने,‘कहिकतै हामीबाट कमी कमजोरी भए जनताबाट सुझावको अपेक्षा गरेका छौं ।  जनताको सकारात्मक सहयोगको प्रहरीले अपेक्षा गरेको छ ।’

अर्घाखाँचीमा हुने विभिन्न प्रकारका जुवातास, लागुऔषध, चौरी, तस्करी, आत्महत्या जस्ता गतिविधिलाई न्यूनीकरण गर्न प्रहरीले प्रयास गरिरहेकाले नागरिकले सहयोग गरेमा समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई सहयोग पुग्ने उनले बताए ।

प्रहरी नायव उपरीक्षक मल्लले जनतासँग राम्रो सम्बन्ध राख्न प्रहरी मैत्री भएर काम गर्ने संकल्प व्यक्त गरे । उनले जिल्ला प्रहरी प्रमुखको हैसियतमा यस क्षेत्रको अपराध अनुसन्धानलाई पारदर्शी बनाउने, प्रत्येक प्रहरी युनिटहरुमा आर्थिक पारदर्शीता कायम गराउने, मानव अधिकारको पूर्ण पालना गर्ने/गराउने, विपद् व्यवस्थापनमा प्रहरीको भूमिकालाई उच्य बनाउने, सीमा सँग जोडिएर हुने गरेका तस्करी र अन्य अपराधका घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने जस्ता महत्वपूर्ण काम प्रहरीले गरिरहेको दाबी गरे ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गरेको फागुन १ देखि चैत १ गतेसम्मको प्रगतिका बारेमा जानकारी दिएका थिए । मल्लका अनुसार फागुन महिनामा फरार प्रतिवादी ८  जना पक्राउ गरी अदालतको आदेश अनुसार कारागार चलान गरिएको छ ।  जसमा कैद अपचलनमा ६ वर्ष २ महिना १५ दिन रहेको छ भने २५ हजार जरिवाना गरिएको छ । ५ वर्ष भन्(दामाथि १ जना अरू कम ६ जना रहेको जनाएको छ । अपाङ्गलाई जबरजस्ती करणी गरेको आरोपमा  जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं  १२ का वर्ष ६३ का गोपाल बस्याल  र भारतीय पैसा सहित एक जनालाई  पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।  

फागुन महिनामा २ सय ६५ प्रहरी साझेदारी कार्यक्रम ५ हजार २ सय ६० जना लाभान्वित भएको पनि कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले ३ सय २७ वटा सवारी कारबाही गर्दा ५ लाख ३७ हजार राजस्व संकलन गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise