२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

सेनाको निःशुल्क शिविरमा २ सय ४५ जना लाभान्वित

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते २०:५२
सेनाको निःशुल्क शिविरमा २ सय ४५ जना लाभान्वित

रोल्पा : रोल्पाको लिवाङ्गमा तैनाथ श्री बटुकदल गणले सुनछहरी गाउँपालिका–३ बाहिरी गाममा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । प्राथमिक स्वास्थ्य चौकीको प्राङ्गणमा श्री नं.१९ बाहिनी अड्डाको नेतृत्व तथा बटुक दल गण र श्री नं.१९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वयमा शिविर संचालन गरिएको हो । 

No description available.

शिविरमा बाहिरी गाम नजिकका स्थानीयबासीमा इसीजी सेवा तथा ल्याव परीक्षण सेवा दिइएको थियो । यस्तै   नेपाली सेनाका २ जना डा.अधिकृत र गामस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षण तथा सेवा प्रदान गरिएको बटुक दल गणका गणपति प्रमुख सेनानी बिके सिंह विश्वकर्माले जानकारी दिए ।

No description available.

उक्त शिविरमा  श्री नं.१९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पदमबहादुर बुढा(पीएचडी) र गणका गणपति प्रमुख सेनानी विश्वकर्माको उपस्थिति रहेको थियो । शिविरबाट १ सय ६५ जना महिला र ८० जना पुरुष गरी २ सय ४५ जना लाभान्वित भएका छन् । यसअघि पनि बटुक दल गणले रोल्पामा स्थानीय स्तरमा थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।

No description available.

No description available.

No description available.

ADV

सम्बन्धित खबर

Advertise