२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

डोहोटेमा अस्थायी प्रहरी पोस्ट स्थापना

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ चैत ३ गते २०:५४
डोहोटेमा अस्थायी प्रहरी पोस्ट स्थापना

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका १२ डोहोटेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । वडा नम्बर ११, १२ तथा १३ कार्यक्षेत्र रहने गरी प्रहरी पोस्टको स्थापना गरिएको हो । उत्त प्रहरी पोस्टमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा ६जना प्रहरी खटाइनेछ । प्रहरी पोस्ट स्थापनासँगै गाउँमा हुने झै–झगडा, सवारी दुर्घटना, हिंसा, चोरीलगायतका अपराध नियन्त्रण हुने अपेक्षा गरिएको शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले बताए ।

प्रहरी पोस्टले स्थानीयलाई छिटो, छरितो र प्रभावकारी सुरक्षा सेवा प्रदान गर्ने अपेक्षा रहेको नगरउपप्रमुख गीता भाटले बताइन् । यसअघि ईलाका प्रहरी कार्यालय ठाडाबाट सेवा लिन निकै कठिनाइ भोग्नु परिरहेको अवस्थामा स्थानीयको मागअनुसार जिल्ला सुरक्षा समितिले प्रहरी पोस्ट स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए । 

प्रहरी पोस्टको एक विशेष कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी अर्याल र नगर प्रमुख पौडेलले उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले प्रहरी नागरिककै सुरक्षाका लागि खटिने भएकाले आवश्यक सहयोगका लागि स्थानीयलाई आग्रह गरे । उनले प्रहरी र नागरिकबीचको समन्वयलाई बलियो बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जनताले प्रशासनिक सेवा लिन जिल्ला पुग्नुपर्ने बाध्यता रहेको भन्दै ईलाका प्रशासन कार्यालयको माग समेत गरेका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले जनताको आवश्यकताअनुसार निर्णय गरी गृह मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी गराएका थिए । 

नगरप्रमुख पौडेलले शितगंगा नगरपालिका भौगोलिक रूपमा ठूलो क्षेत्र ओगटेकोले यहाँ इलाका प्रशासन कार्यालयको आवश्यकता रहेको बताए । कार्यक्रम इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दले संचालन गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise