२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

नेपाल बैंक र वात्सल्य नेचुरल आइभिएफबीच सम्झौता

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते २१:१३
नेपाल बैंक र वात्सल्य नेचुरल आइभिएफबीच सम्झौता

काठमाडौं : नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले वात्सल्य नेचुरल आइभिएफका सेवामा छुट पाउने भएका छन् । बैंक र वात्सल्यबीच भएको सम्झौताअनुसार वात्सल्यका विभिन्न स्थानहरूमा रहेका अस्पताल र क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा कर्मचारी र ग्राहकले विशेष छुट पाउने भएका हुन् ।

सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूलाई प्याथोलोजी र औषधि सेवामा ५ देखि १५ प्रतिशतसम्म र आइभिएफ प्याकेजमा कर्मचारीहरूलाई १५ हजार र नेपाल बैंकका ग्राहकहरूलाई १० हजार रुपैयाँ छुट हुने छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र वात्सल्य नेचुरल आइभिएफको तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नवीन विष्टले हस्ताक्षर गरे ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौं स्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवलमा अवस्थित वात्सल्य नेचुरल आइभिएफका अस्पताल र क्लिनिकहरूले प्रदान गर्ने उपचार सेवाबाट लाभान्वित हुन सक्ने जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise