२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

एनटर्क रेस एक्सपी ब्ल्याक बजारमा

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते २१:१७
एनटर्क रेस एक्सपी ब्ल्याक बजारमा

काठमाडौं : जगदम्बा मोटर्सले टीभीएस एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसीको स्कुटर हो ।

कम्पनीले स्कुटरलाई डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि, र रेस–इन्स्पायर्ड डिजाइन सहित ल्याएको जनाएको छ । डुअल राइड मोडमा स्ट्रीट मोडले आरामदायी यात्रा सुनिश्चित गर्छ भने रेस मोडले उच्च गतिको अनुभव प्रदान गर्दछ । कम्पनीकाअनुसार, ०–६० किमि प्रति घण्टा गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किमि प्रति घण्टाको गति दिन सक्षम रहेको छ ।

नेपालको स्कुटर सेग्मेन्टमा पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याइएको कम्पनीको दाबी छ । जसले राइड मोड स्विच, नेभिगेसन र कल व्यवस्थापन जस्ता २० भन्दा बढी आदेशहरूलाई भ्वाइस कमान्डमार्फत् सञ्चालन गर्न सकिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise