२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

सिटिजन्स बैंकको नयाँ अफर

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते २१:१८
सिटिजन्स बैंकको नयाँ अफर

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले फोन पे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोन पे डाइरेक्ट गरौँ’ बम्पर उपहार जितौँ’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आइफोन १६ प्राप्त गर्न सक्नेछन् ।

सो अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवद्र्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउनु रहेको बैंकले जनाएको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत् कम्तीमा एक सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा पाँच सयको फोन पे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्ने बैंकको भनाइ छ ।

यस अभियान अन्तर्गत हरेक हप्ता एक सय जना विजेताले एक सय रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यसैगरी अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई आइफोन १६ प्रदान गरिने बैंकले जनाएको छ । यो अभियान चैत १ गतेदेखि चैत ३१ गतेसम्म सञ्चालन हुनेछ ।

ADV

सम्बन्धित खबर

Advertise