२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

नेपाल लाइफको सञ्चालकमा ३ जना निर्वाचित

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते २१:२३
नेपाल लाइफको सञ्चालकमा ३ जना निर्वाचित

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) मा ३ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको २५औँ वार्षिक साधारणसभाको निर्णयअनुसार स्थगित रहेको सर्वसाधारण शेयरधनी सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २ चैतमा वीरगञ्जको होटल भिष्वामा भएको थियो ।

जसअनुसार सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् । निर्वाचित तीनैजना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise