काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।