काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरसरकारी संस्था महासंघ नेपालको नवनिर्वाचित नेतृत्वले ११औं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासंघका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुन बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिए ।
महासंघको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनबाट अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचिन भएको थियो ।