२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

धनुषामा दुई समूहबीच झडप, प्रहरीको गोलीबाट एक जना घाइते

Nada
२०८१ चैत ४ गते १५:१६
Shares
धनुषामा दुई समूहबीच झडप, प्रहरीको गोलीबाट एक जना घाइते

काठमाडौंः धनुषाको सबैला नगरपालिका–९ स्थित एक चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको छ । 

ncell

भठिहनस्थित चोककाे नाम राख्ने विषयमा झडप भएको हाे । साे चाेककाे नाम केही दिन अघि यादव चोक लेखिएको बोर्ड लगाइएकाे थियाे । जातिका नामबाट नाम राखेपछि अन्य समुदायले बोर्ड उखेलेका थिए ।

सोही विषयमा आइतबारदेखि दुई समूहबीच तनाव बढ्दा भएको झडप नियन्त्रण गर्न चलाएको प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


 

ताजा खबर

सम्बन्धित खबर