काठमाडौं : सीजी इलेक्ट्रोनिक्सले भारतीय एयर कुलर ब्रान्ड बर्ली नेपाल भित्र्याएको छ । बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको हो ।
कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले गरेका थिए । बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू नेपालमा आउने जानकारी दिए । बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मुल्यमा उपलब्ध र ग्राहकहरूको लागि उच्च मूल्य रहेको कम्पनीले जनाएको छ ।
बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ । सीजीसँगको सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुर्याउने बर्लीले अपेक्षा गरेको छ ।