२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

चरिकोटमा स्ट्रिट फुड फेस्टिभल हुने

Nada
राजकुमार भुजेल
२०८१ चैत ४ गते २०:३६
Shares
चरिकोटमा स्ट्रिट फुड फेस्टिभल हुने

दोलखा : दोलखा सदरमुकाम चरिकोटमा ३ दिने स्ट्रिट फुड फेस्टिभल हुने भएको छ । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोलखा चेम्बर अफ कमर्स र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा ‘दोलखा स्ट्रिट फुड फेस्टिभल २०८२’ हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

ncell

नयाँ वर्ष २०८२ को अवसरमा २०८१ चैत ३१ गतेदेखि २०८२ साल वैशाख २ गतेसम्म फेस्टिभल हुनेछ । 

जिल्लाको व्यापार, व्यवसायलाई थप चलायमान गराउने उद्देश्यले कृषि, पर्यटन, महिला उद्यम लगायत स्थानीय जातजातिको रैथाने खानाका परिकार तथा विविध लोपोन्मुख सांस्कृतिक क्षेत्रलाई उकास्न कार्यक्रमको आयोजना गर्न लागिएको चेम्बरका अध्यक्ष रूद्रजंग बुढाथोकीले जानाकारी दिए ।

कार्यक्रममा खानाको प्रतियोगिता, प्रदर्शनी र स्वाद परीक्षण दर्शकहरुलाई स्थानीय खानाको विविधता र स्वादको अनुभव गराइनेछ । 

सांस्कृतिक कार्यक्रमहरु अन्तर्गत नृत्य प्रतियोगिता, खाना प्रतियोगिता, लाइभ दोहोरी र परम्परागत झाँकी प्रदर्शन गरिनेछ । यस्तै स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रत्यक्ष प्रस्तुती एवम् प्रदर्शनी रहने आयोजकले जनाएको छ । महाभूकम्प, नाकाबन्दी र आर्थिक मन्दीको कारण, २०७६ सालमा देखिएको कोभिड–१९ले उठ्नै नसक्ने अवस्थामा रहेको व्यापार व्यवसायलाई फेस्टिभलले चलायमान बनाउने अपेक्षा राखिएको छ । 

ताजा खबर

सम्बन्धित खबर