२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

राष्ट्रिय मुस्लिम समाज नेपाल कतारको बृहत् इफ्तार कार्यक्रम सम्पन्न

draupadi film
तिलु शर्मा पौडेल
२०८१ चैत ४ गते २१:५८
राष्ट्रिय मुस्लिम समाज नेपाल कतारको बृहत् इफ्तार कार्यक्रम सम्पन्न

दोहा कतार : राष्ट्रिय मुस्लिम समाज कतारको आयोजनामा बृहत् इफ्तार कार्यक्रम सम्पन्न भएको छ । सोमबार मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा मुन्तजामा रहेको गोरखाली रेस्टुरेन्टको हलमा शुभकामना आदान–प्रदानसहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।

ब्यानर अनावरणसँगै कार्यक्रमको उद्घाटन कुरान तिलावात(मौलाना जनाव)बाट गरिएको थियो । मुस्लिम समाज कतारका अध्यक्ष मोहमद अस्लाम साफीको सभाध्यक्षता तथा नेपाली नियोग कतारका प्रथम सचिव कृष्णकुमार सुवेदीको प्रमुख आतिथ्यतामा इफ्तार कार्यक्रम सम्पन्न भएको हो । 

नेपाली दूतावासका विभिन्न तह तप्काका पदाधिकारीहरू, गैरआवासिय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, वैचारिक संगठन, विभिन्न प्रदेश, नेपाली महिला समाज कतार, सामुदायिक, र जिल्ला संस्थाका प्रमुखहरू तथा प्रतिनिधिहरुको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो । 

शुभकामना मन्तव्य राख्ने वक्ताहरूले मुस्लिम परिषद्ले केही दिन पहिले ६ सय भन्दा बढी कामदारलाई इफ्तारी गराएपनि कतारमा रहेका विभिन्न संघसंस्थाहरुलाई निमन्त्रणा गरी इफ्तार कार्यक्रम गरी पुण्यको कार्य गरेको बताएका थिए । 

इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्र महिना रमजानको  महत्वका बारेमा धर्मगुरुहरूले प्रकाश पारेका थिए । गुरुहरूले कुरानमा संयमयता अपनाउन आग्रह पनि गरिएको उल्लेख गर्दै रोजाका बारेमा प्रस्टाएका थिए । रमजानमा भोकै बस्नु प्यासी बस्नु मात्र रोजा नहुने बताउँदै हरेक गलत कार्यबाट टाढा रहनुपनि रोजा रहेको बताए । 

रमादानको समयमा रोजा नराख्ने इस्लामिक व्यक्तित्वहरुलाई अरू बेला जति नै रोजा राखे पनि त्यसको फल नमिल्ने बताएका थिए । 

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले कतारको नेपाली समुदायभित्र उही अनुहार र उस्तै प्रकृतिको कार्यक्रम दोहोरिएको हुँदा इफ्तार कार्यक्रमलाई न्यून आए भएका श्रमिकहरू समक्ष लैजान सके थप प्रभावकारी बन्ने बताए । 

कार्यक्रममा उपस्थितलाई सामाजिक व्यक्तित्व कलाम खानले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । महासचिव अजाद मन्सुरीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष साफीले इफ्तार कार्यक्रममा जोडिने संघसंस्था प्रमुख तथा प्रतिनिधि, मौलाना तथा गुरुहरूलाई आभार व्यक्त गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise