२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

शहरी विकास मन्त्रालयको वित्तीय प्रगति : चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च

draupadi film
मध्यान्ह
२०८१ चैत ५ गते १२:११
शहरी विकास मन्त्रालयको वित्तीय प्रगति : चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च

काठमाडौं : शहरी विकास मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको  छ । मंगलबार एक कार्यक्रमका बीच मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको हो ।

चालु आ.व.२०८१/८२ मा यस मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

जसमध्ये  चालुतर्फ ४ अर्ब  ४२ करोड ३८ लाख २३ हजार र पूँजीगततर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार विनियोजित छ । 

हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पुँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । समग्रमा हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण मैनालीले जानकारी दिए ।

यस वर्ष सहरी पूर्वाधार तथा भवन निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको मन्त्रालयको दाबी छ । बाँकेको नेपालगञ्जस्थित सिटी हल निर्माण सम्पन्न भई अन्तिम प्रक्रियामा छ । यस्तै लौकही सभाहलको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवासको दोस्रो चरणको निर्माण ८० प्रतिशत पूरा भइसकेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise