२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

उदयपुरमा एसईई परीक्षामा ३३.५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ADV
बिन्द्र राई
२०८१ असार १८ गते १२:२७
उदयपुरमा एसईई परीक्षामा ३३.५ प्रतिशत विद्यार्थी उत्तीर्ण

उदयपुर : उदयपुरमा २०८० सालको एसईई परीक्षामा ३३.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ उदयपुको तथ्यांक अनुसार त्रियुगा, बेलका, कटारीलगायत ८ वटै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयबाट परीक्षामा सहभागी नियमिततर्फ ५ हजार ८ सय ६३ विद्यार्थीहरुमध्ये १ हजार ९ शय ५६ ग्रेडमा परेका अर्थात पास भएका छन् । ३ हजार ९ सय ७ विद्यार्थी ननग्रेड अर्थात अनुत्तीर्ण भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरको परीक्षा शाखा अधिकृत अर्जुन कुमार कार्कीले तथ्यांकमा सामुदायिकतर्फ ४ हजार ८ सय १० विद्यार्थीहरु सहभागी भएकोमा १ हजार १ सय ४६ विद्यार्थी उत्तीर्ण र ३ हजार ६ सय ६४ विद्यार्थी अनुत्तीर्ण भएको उल्लेख छ । त्यस्तै संस्थागततर्फ परीक्षामा सहभागी १ हजार ५३ विद्यार्थीहरुमा ८ सय १० जना उत्तीर्ण र २ सय ४३ जना अनुत्तीर्ण भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरको प्राविधिक सहायक मैनाकला लिम्बूले सामुदायिक तर्फका विद्यालयबाट हडियाको मनीषा फुयाल जिल्ला प्रथम भएको जानकारी दिइन् । उनले  परीक्षामा ग्रेडवृद्धि र प्राविधिकतर्फ कूल ३ सय ४४ विद्यार्थी सहभागी भएकोमा अनुमानित ८० प्रतिशत उत्तीर्ण भएको बताइन् ।

शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरको तथ्यांकमा २०८० को एसईई परीक्षामा २२ वटा सामुदायिक विद्यालय ग्रेडमा पर्न असफल भएको उल्लेख गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise