२०८१ चैत ७ गते बिहिवार / Mar 20 , 2025 , Thursday
२०८१ चैत ७ गते बिहिवार
Ads

लुम्बिनीमा ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुँदै 

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ चैत ६ गते २१:३०
लुम्बिनीमा ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुँदै 

भालुवाङ : माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा २०८१ बिहीबारबाट सुरु हुँदैछ । बिहीबार बिहान ८ बजेबाट यस वर्षको परीक्षामा लुम्बिनी प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा व्यवस्थितरूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय शिक्षक कर्मचारी परिचालन गरिएको छ । 

शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालकाअनुसार परीक्षाको आवश्यक तयारी सबै पूरा भएकोले परीक्षा बिहान आठ बजेवाट सुरु हुने छ  । ‘परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पुरा भएको छ’, उनले भने ,‘अब विद्यार्थीहरू परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।’

यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार ६ सय २३ परीक्षार्थीले परीक्षा दिँदैछन् भने दाङमा १४ हजार दुई सय ५४, कपिलवस्तुमा ९ हजार ४ सय ६१, बाँकेमा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुँदैछन् । त्यस्तै, पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्युठानमा ४ हजार ९ सय ४०, बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हुँदैछन् । 

जसमा नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिँदैछन् । यसैगरी, प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

परीक्षा निष्पक्ष र मर्यादित बनाउन ८ हजार ६ सय कर्मचारी परिचालन हुँदैछन् । जसमा, केन्द्राध्यक्ष ३ सय ४८ जना, सहायक केन्द्राध्यक्ष ६ सय ३४, निरीक्षक ४ हजार ७ सय ५८, सहायक ९ सय ५८ र कार्यालय सहयोगी १ हजार ९ सय २ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ ।

यता आजबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा एसईईमा अर्घाखाँची जिल्लाबाट तीन हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका ६ वटै पालिकाका सामुदायीक ७६ र संस्थागत ८ गरी ८४ विद्यालयका ३ हजार २ सय ८० जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाई अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेल्वासेले जानकारी दिएका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise