रौतहट : रौतहटको यमुनामाई गाउँपालिका ५ झुनखुनवामा रहेको श्री यमुनामाई माध्यमिक विद्यालय परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष भिम लामाले विद्यार्थीहरूसँग पैसा लिइ मोबाइल फिर्ता दिएको घटना सार्वजनिक भएको छ ।
परीक्षाको समयमा विद्यार्थीहरूसँग मोबाइल संकलन गरिएको थियो, पैसाको लेनदेनपछि ती मोबाइलहरू फिर्ता गरिएको आरोप लागेको छ ।
स्थानीय बासिन्दा र विद्यार्थी अभिभावकहरूले यो घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । यस विषयमा विद्यालय प्रशासन र स्थानीय निकायसँग बुझ्न खोज्दा कुनै प्रतिक्रिया दिएन ।
यस घटनाले शिक्षण संस्थामा अनुशासन र पारदर्शितामाथि प्रश्न उठाएको छ । दोषी पाइएमा कानुनी कारबाही गरिनुपर्ने स्थानीयहरूले माग गरिरहेका छन् । अधिकारसम्बन्धी निकायहरूले यस घटनाको सत्यता पत्ता लगाउने र छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् ।